बनेपा/बनेपा नगरपालिका वडा नं ९को आयोजना तथा रेयुकाई माँसुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
आँखा शिविरमा २ सय ७१ जनाको आँखा परीक्षण भएको थियो । आँखा परिक्षणका क्रममा २५ जनाको मोतियाबिन्दु देखिएको र बिरामीको निःशुल्क शल्यक्रिया गरिने वडा अध्यक्ष नृपेश बादेले बताउनु भयो ।
शिविरमा निशुल्क औषधि वितरणको व्यवस्था समेत गरिएको थियो । वडा अध्यक्ष बादेले वडाबाट गरिने सम्पूर्ण सामाजिक कार्यहरुलाइ निरन्तरता दिने बताउनु भयो । म सामाजिक कार्यमै रमाउने भएकाले भौतिक र पूर्वाधार विकास मात्र नभई वडाबासीहरुका लागी निरन्तर लागीरहने र बताउनु भयो ।









