धुलिखेल/ भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलले बार्षिक समिक्षा तथा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्र्तक्रिया गरेको छ ।
बर्षभरी गरेका गतिविधिहरुले पशुपालन क्षेत्रमा भएका प्रगति तथा समस्याका बारेमा कार्यालय प्रमुख राजकुमार हुमागाईले जानकारी गराउनु भएको थियो । दुग्ध उत्पादन बृद्धीका लागि भएका प्रयास, संक्रामक रोग नियन्त्रण तथा पशुपालन क्षेत्रमा देखिएका समस्या र चुनौती तथा ब्यवसायीक पशुपालनमा स्थानीय सरकारले खेल्नु पर्ने भूमिकाका बारेमा हुमागाईले जानकारी गराउनु भएको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले पशुपालन क्षेत्रलाई ब्यवसायीक र मर्यादित बनाउन स्थानीय सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिनु पर्ने बताउनु भयो । कृषकका समस्यामा राज्यका निकायहरु संवेदनशिल हुनु पर्ने भए पनि कृषकहरुका समस्यामा कोहि जिम्मेवार बन्न नसकेको उहाँले बताउनु भयो । पशुपक्षीको विमा गरिएको भए पनि विमा रकम समयमै नपाउनु, कृषिका लागि आवश्यक मल समयमै उपलब्ध नहुनु, उत्पादन बजारसम्म पु¥याउन नसक्नु, भएको उत्पादनको लागत धेरै हुनु र बजार मुल्य कृषक अनुकुल नहुनु जस्ता समस्या रहेको समन्वय प्रमुख दिपक गौतमले बताउनु भयो ।
कार्यक्रममा समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, पशु स्वास्थ्य विज्ञ मणिप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, कृषकहरु, पशु सेवा प्राविधिकहरु लगायतको सहभागिता रहेको थियो ।









