2026 April 25/ 12:44: 38pm

    पनौती/  तेजगंगा बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट उच्च शिक्षा क्षेत्रको अन्तराष्ट्रिय ब्राण्ड क्यूएए प्राप्त गरेको छ । क्याम्पसले उक्त ब्राण्ड प्राप्त गरेको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरी पनौती नगर परिक्रमा गरेको छ । 
    प्रभातफेरी कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की, प्राध्यापकहरु, विद्यार्थीहरु, जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका सरोकारवाला ब्यक्तिहरु, अभिभावकहरु तथा संघ संस्थाका प्रतिनिधिहरु र क्याम्पस सभाका सदस्यहरु सहभागि थिए । सहभागिहरुले पनौती क्षेत्रको र जिल्लाकै गौरव बोकेको तेजगंगा क्याम्पसले प्राप्त गरेको उक्त अवार्डको गरिमा राख्न क्याम्पस प्रशासनलाई सुझाव दिदै सहयोग र समन्वयका लागि प्रतिवद्धता ब्यक्त गरेका छन् । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीले संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । बुधबार क्याम्पसले उक्त ब्राण्ड प्राप्त गरेको क्याम्पस प्रमुख कार्कीले बताउनु भयो । क्याम्पसले उच्च शिक्षाका लागी सम्पुर्ण मापदण्ड पुरा गरी उक्त प्रमाण पत्र प्राप्त गर्न सकेको हो । 
           तेजगंगा बहुमुखी क्याम्पस सन् २०१४ बाट उक्त कार्यक्रममा आबद्ध भएको थियो । कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बन्जारा, पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, क्याम्पस सञ्चालक समिती अध्यक्ष शिबबहादुर देउजा, सञ्चालक समितीका पदाधिकारीहरु, क्याम्पस सभा सदस्यहरु, प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।