2026 April 25/ 12:44: 37pm

काभ्रेपलान्चोक/समाजसेवा गर्दे आउनु भएका रोहित दंगालले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरलाई आफ्नो आमाको पुन्य तिथिमा खाद्यान्न र नगद हस्तान्तरण गर्नु भएको छ ।
दंगालले आमाको प्रत्येक पुण्य तिथि, जन्मोत्सव जस्ता कार्यहरुमा मानव सेवा घरमा सहयोग गर्ने बताउनु भयो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले आफुले सकेको सहयोग जारी राख्ने दंगालले बताए । दंगालले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई नगद पाँच हजार सहित चामल, आँटा, दाल, तेल, नुन, जिरा मसला, गेडागुडी, मस्यौरा, जेरि,  बिस्कुटसहित खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।