काभ्रे/बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको परिणामको आधार मानि नेकपा एमाले काभ्रेको अबस्थाका बारेमा तयार पारिएको प्रतिवेदन बुझाएको छ ।
बुद्धिजीवी परिषद् काभ्रेका अध्यक्ष अम्बु भवानी कार्कीले नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवि परिषद्का ईन्चार्ज दिपक रोक्कालाई हस्तान्तरण गर्नु भएको थियो । बुद्धिजीवी परिषद्का उपाध्यक्ष वीरबहादुर थापाको संयोजकमा ५ सदस्यीय समितिले तयार पारेको प्रतिबेदनमा निर्वाचनका सम्पूर्ण पक्षलाई समेटेर प्रतिवेदन तयार पारेको बताएको छ ।









