2026 April 25/ 11:24: 13am

    नमोबुद्ध/आगामी आर्थिक बर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै नमोबुद्ध नगरपालिकाको नगरसभा सकिएको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा आज सोमबार बसेको नगरसभाको पहिलो अधिवेशनको दोस्रो बैठकले नगर प्रमुख लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो ।
     बैठकमा उपप्रमुख रत्न लामाले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम (बजेट वक्तव्य), २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । असार १० गते बसेको पहिलो बैठकमा लामाले ७४ करोड ४८ लाख ४५ हजार ९ सय २७ रुपैयाँको अनुमानित आय व्यय विवरण (बजेट) पेश गरेका थिए । उक्त बजेटमा केही संशोधनसहित दोस्रो बैठकबाट सर्वसम्मत पारित भएको नगरपालिकाका प्रवक्ता टिकावहादुर केसीले जानकारी दिए । नगरसभाले नमोबुद्ध नगरपालिकाको युवा परिषद ऐन २०७७ माथिको संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।