पनौती/विन्ध्यबासिनी आध्यात्मिक प्रतिष्ठान पनौती ५ काभ्रेले गुरुपूर्णिमाको अवसरमा संस्थाका परामाध्यक्ष श्रोत्रिय ब्रम्हनिष्ठ अनन्त विभुषित स्वामी श्रीनि शेषानन्द महाराजको सानिध्यमा गुरुपुजनोत्सव, गुरुगुल समुद्घाटन, नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा चतुर्मासमा प्रवचन गरिएको छ ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यत्रवmममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । विन्ध्यबासिनी आध्यात्मिक प्रतिष्ठानले गुरुकुल शुरु गरेको छ । अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धार्मिक स्थल विन्ध्यबासिनीलाई गुरुकुल तथा अन्य क्षेत्रबाट समेत प्रशिद्ध बनाउन सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताईएको थियो । चर्तुमासको कथा दैनिक ३.३० देखि ५ बजेसम्म हुँदै आएको छ ।









