2026 April 25/ 01:13: 36pm

    धुलिखेल/जिल्ला आयुर्वेद कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा आयुर्वेद सेवा सम्वन्धी समन्वयात्मक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष प्रकाश कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समन्वय समितिका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा आयुर्वेद सेवाका सन्र्दभमा चालु आर्थिक वर्षमा भएका प्रगतिका सन्दर्भमा कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा.मनोजकुमार चौधरीले प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सबै पालिकाहरुमा आयुर्वेद सेवा सञ्चालनका लागि जनप्रतिनिधिहरु सक्रिय हुनु पर्ने बताउनु भयो ।