2026 April 25/ 01:13: 36pm

नाला/बनेपा नगरपालिका वडा नम्बर ४ को आयोजनामा र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोगमा १ दिने फोक्सो तथा रक्तनलीका समस्याहरुको निःशुल्क चेकजाँच गरिएको थियो ।
नाला १,२,३ र ४ नम्बर वडाका ४० वर्ष माथि उमेरका वडाबासीहरुलाई धुम्रपान मद्यपानका कारणले मानव स्वास्थ्यमा देखिएको समस्याको पहिचान र उपचार गर्नका लागी शिविरको आयोजना गरिएको वडा नम्बर ४ का वडा अधयक्ष श्याम सुन्दर श्रेष्ठले बताउनु भयो । अनुभवी डाक्टरहरुद्वारा चेक जाँचगरी छातीको एक्स–रे, पेटको भिडियो एक्स–रे र निःशुल्क परामर्श तथा केहि आधारभुत औषधीहरु प्रदान गरिएको श्रेष्ठले बताउनु भयो । विशेषगरी वडाबासीहरुको स्वास्थ्यको विशेष ख्यालगरी उक्त शिविरको आयोजना गरिएको वडा अध्यक्ष श्याम श्रेष्ठले बताउनु भयो । वडामा १५ वेडको अस्पताल निर्माण हुन लागेको र उक्त अस्पताल सँगै बर्थिङ सेन्टरको सञ्चालन गर्न लागिएको श्रेष्ठले बताउनु भयो ।
उक्त मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ५ वर्षसम्म उक्त शिविरको आयोजना गर्ने बताएको छ । शिविरमा कार्यपालिका सदस्य ज्योती बोगटी, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । शिविरमा १ सय ७० जनाले सेवा लिएका थिए ।