नाला/बनेपा नगरपालिका वडा नम्बर ४ को आयोजनामा र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोगमा १ दिने फोक्सो तथा रक्तनलीका समस्याहरुको निशुल्क चेकजाँच गरिएको थियो ।
नाला १,२,३ र ४ नम्बर वडाका ४० वर्ष कटेका वडाबासीहरुलाई धुम्रपान मध्यपानका कारणले मानब स्वास्थ्यमा देखीएको समस्याको पहिचान र उपचार गर्नका लागी शिबिरको आयोजना गरिएको वडा नम्बर ४ का वडा अधयक्ष श्याम सुन्दर श्रेष्ठले बताउनु भयो । अनुभवि डाक्टरहरु द्धारा चेक जाँचगरी छातिको एक्स रे, पेटको भिडियो एक्स रे र निशुल्क परामर्श तथा केहि आधारभुत औषधीहरु प्रदान गरिएको श्रेष्ठले वताउनु भयो । विशेष गरी वडाबासीहरुको स्वास्थ्यको विशेष ख्यालगरी उक्त शिबिरको आयोजना गरिएको वडा अध्यक्ष श्याम श्रेष्ठले बताउनु भयो । वडामा १५ वेडको अस्पताल निमार्ण हुन लागेको र उक्त अस्पताल सगै बर्थिङ सेन्टरको सञ्चालन गर्न लागीएको श्रेष्ठले बताउनु भयो । उक्त मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ५ वर्ष सम्म उक्त शिबिरको आयोजना गर्ने बताएको छ । शिबिरमा कार्यपालिका सदस्य ज्योती बोगटी, वडा सदस्यहरु लगाएतको सहभागिता रहेको थियो । शिबिरमा १ सय ७० जनाले सेवा लिएका थिए ।









