बनेपा/बनेपा–चप्लेटी शुभ विहानी समुह र सम्पदा मार्ग विहानी हिडाईले बनेपा नगरपालिकाको वडा नम्वर ९, ५, ७ मा भएका सम्पदाहरुको जानकारी लिदै अवलोकन गरेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, वडा अध्यक्षहरु, स्थानीय संघ संस्था तथा ब्यक्तिहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । समुहका नवराज केसीका अनुसार बनेपा नगरपालिका भित्र भएका सबै सम्पदाहरुको संरक्षण गर्ने र त्यसका बारेमा सबै नागरिकहरुलाई जानकारी गराउने उदेश्यले यो अभियान शुरु गरिएको हो । कार्यक्रममा वडा अध्यक्षहरुले सम्पदाहरुको बारेमा जानकारी गराएका थिए । नगर प्रमुख शान्तिरत्न शाक्यले सम्पदाहरुको संरक्षण गर्न नगरपालिकाले योजना निर्माण गर्ने बताउनु भयो ।









