बनेपा/नेकपा एमाले जिल्ला सल्लाहकार परिषदको बैठक सम्पन्न भएको छ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बैठकले वडादेखी नगरसम्म प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले र्भखरै सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा समेत गरेको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद अध्यक्ष उद्वव अधिकारीको सभापतित्व रहेको थियो भने कार्यक्रम सन्चानन सचिव जनार्दन अधिकारीले गरेका थिए । बैठकमा स्वागत मन्तव्य उपाध्यक्ष तुलप्रसाद दाहालले राखेका थिए ।









