2026 April 25/ 11:24: 12am

बनेपा/काभ्रे माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा जिल्ला स्तरिय हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ ।
हाजिरीजवाफ कार्यक्रममा प्रथम काठमाडौ विश्वविद्यालय हाईस्कुल चौकोट, द्वितीय अरुणोदय मावि पनौती, तृतीय काभ्रे माध्यमिक विद्यालय बनेपा रहेका छन् । हाजिरी जवाफ कार्यक्रममा जिल्लाका २२ वटा विद्यालय सहभागी भएका थिए । काभ्रे माविले विगतका वर्षहरुमा समेत जिल्ला स्तरीय कार्यक्रमहरु गर्दे आएको प्रिन्सिपल कुमार मानन्धरले जानकारी दिनु भयो । शैक्षिक तथा अतिरिक्त कृयाकलापमा जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेदै आएको छ । कार्यक्रममा उत्कृष्ट हुने विद्यालयका विद्यार्थिहरुलाई प्रिन्सिपल कुमार मानन्धरले पुरस्कार वितरण गर्नु भएको थियो । मानन्धरले उत्कृष्ट विद्यार्थिहरुलाई बधाई दिदै आगामि दिनमा समेत उत्कृष्ट कार्य गर्न हौसला प्रदान गर्नु भएको थियो । कार्यक्रममा सहायक प्राचार्यद्वय विकास श्रेष्ठ, केशब श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षकहरु सितारमा तिवारी, उद्वब लुईटेल, सागर लामा, श्यामकृष्ण मानन्धरले गर्नु भएको थियो ।