2026 April 25/ 11:24: 14am

बनेपा नपाले वितरण ग-यो कृषकहरुलाई हाते ट्याक्टर
बनेपा/बनेपा नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई १ सय ६ वटा हाते ट्याक्टर बितरण गरेको हो ।
श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका नगर प्रमुख शान्ति रत्न शाक्यले वताउनु भयो । बनेपा नगरपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको शाक्यले बताउनुभयो ।
बनेपा नगरपालिकाका नगरप्रमुख शाक्यले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपूर्ण हुने बताउनु भयो । शाक्यले अनुदानमा ट्याक्टर लिएको सहि सदुपयोग गर्न आग्रह गर्नु भएको थियो ।  नगरपािलकाले दिएका अनुदानकाका कृषी औजारहरुको घर घरमा पुगेर अनुगमन गर्ने बताउनुभयो ।
कृषकहरुलाई आर्थिक वर्ष २०७८/०७९ अन्तर्गत ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, प्रशासकिय अधिकृत धुर्वराज नेपाल, कृषि शाखा अधिकृत बच्चु कार्की, कृषि अधिकृत कमला हुमागाई लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि अधिकृत हुमागाईले कृषिकहरुलाई ट्याक्टर १०६ वटा, टनेल प्लास्टिक १ सय १५, कुटानी पिसनी मिसिन ३६ वटा, कम्पोष्ट बिन १ सय ५० वटा वितरण गरिएको बताउनु भयो । सामानसँगै कृषकहरुलाई कौसिखेती तालिम, तरकारी खेती लगायतका विभिन्न तालिम, विउ बिजन वितरण गरेको हुमागाईले बताउनु भयो ।
वडा सदस्यहरुलाई बेईजिङ्ग र १८२०,१३२५ सम्बन्धि सचेतना
बनेपा/बनेपा नगरपालिकाले वडा सदस्यहरुलाई बेईजिङ्ग र १८२०,१३२५ सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख शान्तिरत्न शााक्यले गर्नु भएको थियो । शाक्यले उक्त कार्यक्रमले महिला हिंसा, बाल द्ु्ब्र्यहारमा कमि आउने, लैङ्गिक हिंसामा कमि गर्नका लागी जन प्रतिनिधीको ठुलो भुमिका हुने बताउनु भयो । स्थानिय स्तरमा  समाजलाई रुपान्तरण गर्नका लागी वडा सदस्यहरुको ठुलो भुमिका हुने र समाजमा घट्ने घटनामा कमि हुने विश्वास ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा उप प्रमुख विमला सापकोटाले महिला हिंसा र बालबालिका माथि हुने दुर्ब्यहारमा कमि ल्याउन सचेतना कार्यक्रमको जरुरी भएको बताउनु भयो । प्रत्येक वडा वडामा, विद्यालयमा गई सचेतना कार्यक्रमलाई अगाडि बढाईने सापकोटाले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, महिला तथा बालबालिका शाखा अधिकृत बिजया सुवेदीले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा महिला सशक्तिकरण किन आवश्यक, महिला हिंसा बढ्नुमा बढी दोषी को रहेको, के विवाहको उमेर २० वर्षबाट घटाउन  आबश्यक छ ? महिलाका हक अधिकार, अन्तराष्ट्रिय दस्ताबेज, द्वन्द्वका समयमा महिला माथी भएका घटनाहरुको विषयमा वडा सदस्यहरुलाई जानकारी गराईएको थियो । कार्यक्रम २ दिन सम्म सञ्चालन हुने भएको थियो । कार्यक्रममा प्रहरी किताबखानाकी महानिर्देशक शान्ता भट्टराईले प्रशिक्षण दिनु भएको थियो ।
भैसीका पाडा वितरण
बनेपा/बनेपा नरपालिकाले नगर भित्र रहेका अति विपन्न परिवारहरुका लागी पाडा वितरण गरेको छ ।
नगरपालिकाले बनेपा नगरलाई मासुमा आत्मनिर्भर बनाउनका लागी मासु मिसन कार्यक्रम अन्र्तगत पाडा वितरण गरिएको कार्यक्रमका प्रमखु अतिथी तथा उप प्रमुुख विमला सापकोटाले बताउनु भयो । उपप्रमुख सापकोटाले नगरबासीहरुलाई आर्थिकस्तर बृद्धि गर्ने उद्देश्यले पाडा पाडी, बाख्रा, बाली तथा पशु विमा लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो । वितरण गरिएका सामाग्रीहरुको नगरपालिकाले अनुगमन गर्ने र सहि सदुपयोग नभएको खण्डमा कार्वाहि समेत गरिने सापकोटाले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख रामसुन्दर सापकोटाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम अनुसार अति बिपन्न परिवारलाई २५ प्रतिशत कृषकको र ७५ प्रतिशत नगरपालिकाको अनुदानमा पाडा वितरण गरिएको बताउनु भयो । नगरका वडा नम्बर २ मा १७, ३ मा १३,४ मा १६, ६ मा १६ र वडा नम्बर १० मा १६ गरी ८२ वटा पाडा, औषधी, डाले घासको बिउ, लगायत वितरण गरिएको बताउनु भयो । त्यसै गरी वडा नम्बर १,५,९,११, १२, १३ र १४ मा ४६ वटा वाख्रा वितरण गरिएको सापकोटाले बताउनु भयो । वाख्रा पकेट विकास कार्यक्रम अन्र्तगत उक्त बाख्राहरु वितरण गरिएको बताएको छ ।
कार्यक्रममा भेटेरीनरी अस्पतालका डा. नितेश कार्की, बरिष्ठ पशु चिकित्सक मणिप्रसाद सापकोटा, वडा नम्बर ३ का वडा अध्यक्ष रमेश दाहाल, वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर सापकोटा वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल लगायतका ब्यक्तिहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संचालन पशु शाखाका पवन केसीले गर्नु भएको थियो ।
अपाङ्गता सम्बन्धि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण
बनेपा/काभ्रे बहिरा विकास संघको आयोजना तथा बनेपा नगरपालिकाको सहयोगमा जनप्रतिनिधीहरुका लागी सिविआर तथा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यको प्मुख आतिथ्यतामा भएको कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी शाक्यले शारिरिक तथा बौदिक अपाङ्गता भएका ब्यक्तिहरुका लागी नगरपालिकाले सिपमूलक तालिमको ब्यबस्था गर्ने बताउनु भयो । भवनहरु बनाउँदा अपाङ्गमैत्री बनाउनका लागी सोहि अनुसारको निति बनाउने, उनिहरुको क्षमता अनुसारको सिप प्रदान गरी आत्मनिर्भर बनाउन सहजिकरण गर्ने शाक्यले बताउनु भयो ।
कार्यक्रमका सभापति तथा नगरपालिका उप प्रमुख विमला सापकोटाले शारिरीक तथा बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुलाई उचित शिक्षा प्रदान गर्ने, बहिराहरुका लागि सांकेतिक भाषाका कक्षाहरु प्रदान गर्ने बताउनु भयो । अपाङ्गता भएका ब्यक्तिहरुले पनि अवसर पाएमा काम गर्ने बताउँदै सापकोटाले नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा काभ्रे बहिरा विकास संघका अध्यक्ष विश्व बोगटीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा काभ्रे बहिरा विद्यालयकी प्रध्यानाध्यापक कृष्ण प्यारी नर्कर्मीले अपाङ्गगा सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो ।
जेष्ठ नागरिकलाई सम्मान
नाला/बनेपा नगरपालिका वडा नम्बर ३ चामुण्डा जेष्ठ नागरिक समितिको आयोजनामा वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
वडा अध्यक्ष रमेश दाहालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष दाहालले हामीले हाम्रा पुस्तालाई कस्तो ब्यबहार ग¥यौ त्यसै हाम्रा सन्ततीहरुले सिक्ने भएकाले राम्रो संस्कार दिनुपर्ने बताउनु भयो । जेष्ठ नागरिकलाई राज्यले समेत सुविधा प्रदान गरेकाले वडाले समेत सक्ने सहयोग र सुविधा प्रदान गर्ने दाहाललको भनाई थियो ।
कार्यक्रममा निर्वतमान वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई असार १५ गते मनाईने परम्परालाई निरन्तरता दिदै दहिचिउराको समेत आयोजना गरिएको थियो । कार्यक्रम चामुण्डा जेष्ठ नागरिक समितिका अध्यक्ष उदयकेसीको सभापतित्वमा भएको थियो ।