2026 April 25/ 11:24: 18am

बनेपा/बनेपा नगरपालिकाको स्वामित्वमा रहेको बनेपा ८ बसपार्क स्थित सामुदायीक भवनका सटरहरुमा नगरपालिकाले ताला लगाएको छ । 
नगरपालिकाका भवन ठेक्कामा लिई सञ्चालन गर्न श्री पटुवाल निमार्ण सेवा का प्रोपाईटर कुमार घिसिङ्ग लामालाई नगरपालिकाले पटक पटक लिखित पत्र पठाँउदा समेत अटेर गरी नगरपालिकालाई बुझाउनु पर्ने कुल बक्यौता २८ लाख ५५ हजार नबुझाएकाले कालो सुचिमा राख्ने निर्णय समेत गरेको नगर प्रमुुख शान्ति रत्न शाक्यले बताउनु भयो । त्यसै गरी बिमल पाण्डेले रु ९ लाख ९८ हजार ९ सय ८५ रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सार्वजानीक रिद ऐन २०६३ तथा सार्वजानीक खरिद नियमावली २०६४ र नगरपालिकाको आन्तरीक ाय ठेक्का बन्दोबस्ती कार्यविधि २०७७ बमोजिम कालोसुचिमा राख्ने निर्णय भएको हो । नगरपालिकाले ठेकेदार सगं ३६ महिनाको लागी सम्झौता गरेको थियो । नगरपालिकाको वोर्ड बैठकबाट नगरपालिकालाई तिर्नु पर्ने रकम नर्तिने ठेकेकादरको सटरमा ताला लगाउने निर्णय गरेको थियो ।