2026 April 25/ 11:12: 32am

धुलिखेल/धुलिखेल क्याम्पसको समन्वयमा क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलागी  सर्वागीण विकास गराउने उद्धेश्य र क्याम्पसको शैक्षीक सवलीकरण गर्ने उदेश्यले बागमती प्रदेश युवा परिषद्को कार्यालयको आयोजनामा  २ दिने उत्प्रेरणात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा शिक्षाविद् प्रमुख सहजकर्ता  विद्यानाथ कोइरालाले निति र नैतिकता  विषयलाई जोड्दै विद्यार्थीले आजर्न गरेको सैद्धान्तिक ज्ञानलाई व्यहारिक जिवनमा संयोजन गर्नुपर्ने आफ्नो धारणाहरु प्रस्तुत गर्नु भएको थियो । विद्यार्थीले आर्जन गरेका शिक्षालाई स्थानिय भूगोल तथा संस्कृति अनुरुप परिस्कृत गर्दै नैतिकवान जनशक्ति निमार्ण गर्नु पर्ने विषयमा जोड दिुन भएको थियो । बरिष्ठ शिक्षाविद् विद्यानाथ कोइरालाले विगत ५० वर्षयता नेपालले अपनाएका शैक्षिक नितिहरु, तिनिहरुले व्यवहारमा पारेका प्रभावहरु र ति नितिहरुको औचित्यता र महत्व दर्शाई निति तथा कार्यक्रमले मानिसको जिवनमा सकरात्मक परिवर्तन ल्याउनु पर्दछ यदि सकरात्मक परिवर्तन ल्याउन नसकेमा निति तथा कार्यक्रम एक व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि फलदायी हुने छैैन र त्यस्तो समाजले आजको २१ औं शताब्दीमा फड्को मार्न सक्दैन भन्दै आफ्नो उत्प्रेरणात्मक प्रस्तुतीलाई समापन गर्नुभएको थियो । 

त्यस्तै गरि सहजकर्ता श्री नवराज फुयालले निति र नैतिकता ः मानिसको सर्बाङगीण विकासमा स्मरण शक्तिको महत्व र भूमिका विषयमा क्याम्पसका विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने कार्य गर्नुभएको थियो ।  फुयालका अनुसार २१ औं शताब्दीका विद्यार्थीहरु नितिवान र नैतिकवान हुनु पर्दछ र जुनसुकै विषयवस्तुमा पनि लगनशिल र तृष्ण क्षमताका प्रतिभाहरु देखाउन सक्नु पर्दछ भन्ने कुरा दर्शाउनु भएको थियो । यदि कुनै व्यक्तिसंग तिब्र आत्मबल र आत्मविश्वास भएमा फरक क्षमताका व्यक्तिहरु पनि अब्बल र सबल देखिने व्यक्तिहरु भन्दा सफल भएको, ख्यातिप्राप्त भएको उदाहरण सहित प्रस्तुत गर्नुभएको थियो ।  
कार्यक्रममा स्थानिय निकाय विज्ञ, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले धुलिेखेल  क्याम्पसका विद्यार्थीहरुले आफुसंग भएको सिमित स्रोत र साधनलाई कसरी उच्चतम सदुपयोग गर्न सकिन्छ र त्यसबाट बढीभन्दा बढी प्रतिफल लिन सकिन्छ भन्ने कुरा राख्नु भएको थियो । एक सानो कुटिर व्यवसायबाट ठुला उद्योगपति कसरी हुन सकिन्छ भन्ने सम्बन्धमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उदाहरणहरु पेश गर्दै विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउनु भएको थियो । कार्यक्रममा कक्षा १२ को वार्षिक परिक्षा दिएका विद्यार्थीहरुको लागि विदाई कार्यक्रम सम्पन्न भएको थियो । २ दिन सम्म सञ्चालन भएको कार्यक्रममा ९० जना विद्यार्थीहरु सहभागि भएका क्याम्पस प्रमु सागर तिवारीले बताउनुु भयो । जिल्लाकै उत्कृष्ट क्याम्पसले विगतका वर्षहरुमा अतिरिक्त कार्यक्रम गर्दै आएको र गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको क्याम्पस प्रमुख तिवारीले बताउनु भयो ।