पनौती/पनौती नगरपालिका न्यायिक समितिको आयोजनमा नगरस्तरीय मेलमिलापकर्ताहरुको भेला आयोजना गरेको छ ।
भेला नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा र उप प्रमुख तथा न्यायिक समितिका संयोजक गीता बन्जाराको अध्यक्षता रहेको थियो । नगर प्रमुख भण्डारीले नगरपालिकाकामा मेलमिलापकर्ताहरुलाई जिम्मेवार हुन र आग्रह पुर्बाग्रहवाट पर बसेर मेलमिलाप जस्तो महत्वपूर्ण भुमिका निर्वाह गर्न अनुरोध गर्नु भयो । उप प्रमु गीता बन्जाराले नगरले मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्दिको निम्ति बिगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरा दिने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले राख्नु भएको थियो भने सन्चालन कानुनी सल्लाहकार प्रदीप सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व न्यायिक सदस्यहरु मधुकृष्ण श्रेष्ठ तथा निला अधिकारीलाई सम्मान गरिएको थियो । उप प्रमुख सयोजक गीता बन्जारा तथा समितिका सदस्यहरु शोभा कार्की र महेन्द्रलाल श्रेष्ठलाई नगर प्रमुख भन्डारीले खादाद्वारा स्वागत गर्नुभएको थियो । पनौती नगरपालिकामा आ.व.०७८÷७९ मा सुचिकृत ५४ जना मेलमिलापकर्ता मध्येवाट यस बर्षको उत्कृष्ट मेलमिलापकर्ताको रुपमा पनौती वडा १ का मेलमिलापकर्ता संयोजक लोकनाथ सापकोटालाई उत्कृष्ट मेलमिलापकर्ता सम्मान २०७९ वाट पुरस्कृत गरिएको थियो भने सापकोटालाई नगद रु.५ हजार ५सय ५५ तथा प्रमाणपत्र सहित प्रदान गरिएको थियो ।









