2026 April 25/ 11:24: 16am

बनेपा/जननेता मदन भण्डारीको जन्मजयन्तिको अवसरमा प्रेस चौतारी नेपाल काभ्रे शाखाले गोसाइथानमा रहेको नैमिसाराङ्गय गुरुकुल विद्यालयको परिसरमा  बृक्षारोपण गरेको छ । 
जन नेता मदन भण्डारीले देखेको सपनाहरु पुरा गर्नु पर्ने नेकपा एमाले काभ्रेका सचिब राजन भुर्तेलले बताउनु भयो । बृक्षारोपण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिब राजन भुर्तेल उप सचिब राजकुमार सापकोटा, जिल्ला कमिटी सदस्य नवराज बजगाई, प्रेसचौतारी नेपालका महासचिब हिरामान लामा, जिल्लाका पद्यादिकारी, सदस्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल काभ्रे शाखाका अध्यक्ष भुवन रायमाझीले चौतारी विभिन्न कार्यक्रम गर्दे आएको र स्व. मदन भण्डारीको जन्मजयन्तीको अबसरमा बृक्षारोपण गरी मनाएको बताउनु भयो ।