2026 April 25/ 11:24: 15am

बाँस्डोल/पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको आयोजनामा तथा बनेपा नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका ब्यक्तिहरुका लागी कुखुरा पालन सम्बन्धि अभिमुखिकरण तथा चल्ला वितरण गरेको छ । 
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका लागी आर्यआर्जन गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । नगरपालिकाले विभिन्न किसिमका समुदायमा आधारीत अपाङ्गता भएका ब्यक्तिहरुलाई विभिन्न किसिका तालिमहरु समेत प्रदान गरेको बताउनु भयो । कार्यक्रममका विशेष अतिथी उप–प्रमुख विमला सापकोटाले नगरपालिकाको उद्देश्य भनेकै नगरबासीहरुलाई आत्मनिर्भर बनाउने र स्वरोजगार बनाउने नै भएको बताउनु भयो । नगरका १४ वटै वडामा कस्ता कस्ता तालिम प्रदान गर्नुपर्छ, कुन समुदायलाई कस्ता खालका तालिमको आवश्यकता चाहिने हो नगरपालिकाले आवश्यकताका आधारमा दिने उप–प्रमुख सापकोटाले बताउनु भयो । भौतिक विकासले मात्र नगरबासीलाई समृद्ध बनाउन नसकिने हुँदा मानसिक, सामाजिक, सँस्कृती, धार्मिक क्षेत्रको समेत संरक्षण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुँवर, महिला तथा बालबालिका शाखा निरीक्षक निर्मला कार्की, बरिष्ठ अधिबक्ता प्रचण्ड प्रधान लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा संस्थाका संस्थापक निर्देशक मणिराज श्रेष्ठले संस्थाले हालसम्म छिटो प्रतिरोधात्मक प्रारम्भिक शिक्षा कार्यक्रमम सेवा पाएका १६ सय ९९ जना बालबालिका मध्ये ४०१ जना बालबालिका पुनस्र्थापना भएका बताउनु भयो । संस्थाले सचेतना कार्यक्रम, अपाङ्गता सम्बन्धि तालिम, प्रशिक्षणहरु प्रदान गर्दे आएको श्रेष्ठले बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष सुरथ बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।