रामहरी श्रेष्ठ/बेथान्चोक
फुल्चोकी नेवाः कल्याण समाज तथा फुल्चोकी धिमे खलको संयुक्त आयोजनामा संचालित ६ महिने बाँसुरी प्रशिक्षण सम्पन्न भएको छ । फुल्चोकी नेवा कल्याण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको सभापतित्व तथा नेवा देयः दबुका केन्द्रीय अध्यक्ष पबित्र बज्राचार्यको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बज्राचार्यले आफ्नो धर्म कला र संस्कृती जोगाउनका लागी युवाहरुले गरेको कामको प्रशंसा गर्नु भएको थियो । हामीले हाम्रा सन्ततिहरुलाई रोजगार सँगै संस्कार र आफ्नो सँस्कृतिका बारेमा बुझाउनु पर्ने बज्राचार्यले बताउनु भयो । कार्यक्रममा पनौति जात्रा पर्व अध्यक्ष कृष्णधन कर्मचार्य पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठ, भिम देब नेवाः समाजका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठ, पनौती नगर कार्यपालिका सदस्य अर्जुन भुजेल पनौति १ वडा सदस्यहरु केदारनाथ सापकोटा, कृष्ण श्रेष्ठ लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा फुल्चोकी नेवाः कल्याण समाज संस्थाको कोषाध्यक्ष कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विविध नेवारी तथा तामाङ सँस्कृति कार्यक्रमको आयोजना गरी मनोरञ्जन प्रदान गरिएको थियो । पनौति नगरपालिका वडा न १ को नेवाः समुदायबाट कला सँस्कृतिको लागी युवाले आफ्नो धर्म सँस्कृती जोगाउन अथक प्रयास गर्दै लागि पर्नु भएको छ । ६ महिने बाँसुरी प्रशिक्षणका बरिष्ठ बाद्यबादक प्रशिक्षण धर्म मुनिकारले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम संचालन फुल्चोकी धिमे खलःका अध्यक्ष तथा फुल्चोकी नेवाः कल्याण समाजका सचिव चित्र बहादुर श्रेष्ठले गर्नु भएको थियो ।









