बनेपा/बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुलाई सुरक्षित गर्ने उद्देश्यले नेपाल सरकारले स्विस सरकारको समन्वयमा शुरु गरेको सामी परियोजनाको समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा चालु आर्थिक वर्षमा बैदेशिक रोजगारका समस्या र समाधानका लागि भएका प्रयासका बारेमा जानकारी गराईएको थियो ।
सेवा प्रदायक संस्था सिविक फोरमका परियोजना संयोजक बसन्त कुँवरले परियोजनाले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल, रोशी, मण्डनदेउपुर र भुम्लु गाउँपालिकामा भएका गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सोहि पालिकाका प्रमुख तथा उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न बैठकमा बैदेशिक रोजगारमा नागरिकहरुले भोग्नु परेका समस्यामा सामी परियोजनाको प्रभावकारिताका बारेमा छलफल भएको थियो । जिल्लाबाट ११ महिनाको अवधीमा ८ हजार ५ सय ५८ जनाले राहदानी बनाएका छन् ।









