2026 April 25/ 09:42: 18am

    धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेले विहिबार देखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा बालबालिकाहरुलाई कोभिड विरुद्धको फाईजर खोप लगाउन शुरु गर्ने भएको छ । खोपको ब्यवस्थापन र तयारीका बारेमा स्वास्थ्य कार्यालयले हिजो बुधबार एक कार्यक्रमका बीच जानकारी गराएको थियो । 
    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम पुडासैनीका अनुसार जिल्लाका १३ वटै पालिकामा रहेका स्वास्थ्य केन्द्रहरुमा ५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकहरुलाई निशुल्क खोप लगाईनेछ । खोप ७ दिन भित्र सबै पालिकाहरुको केन्द्रका सबै वडाहरुमा संचालन हुनेछ । सबै बालबालिकाहरुलाई खोप लगाउन स्वास्थ्य कार्यालय तथा स्थानीय स्वास्थ्य शाखाहरुले अनुरोध गरेका छन् ।