2026 April 25/ 09:42: 19am

    बनेपा/नेशनल एकेडेमी बनेपाले होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहनेहरुका लागि एक दिने निःशुल्क सेमिनार आयोजना गरी होटल म्यानेजमेन्ट सम्बन्धी विषयमा जानकारी गराएको छ । 
    एकेडेमीका रमेश श्रेष्ठका अनुसार विद्यार्थीहरुको चाहनालाई मध्यनजर गर्दै होटल म्यानेजमेन्टका सम्भावना र अवसरका बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको हो । सोहि अवसरमा सेफ सुर्यकिरण श्रेष्ठ, रुपेश श्रेष्ठले स्वदेश तथा विदेशमा भएका अवसर र सम्भावनाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । बालबालिकाहरुले सेमिनार फलदायी रहेको प्रतिक्रिया दिएका छन् । 
कार्यक्रममा विभिन्न विद्यालय तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । एकेडेमीले बनेपामा रहेर विगत ५ वर्ष देखि होटल म्यानेजमेन्टका सन्दर्भमा बालबािलकाहरुलाई शिक्षा प्रदान गर्दै आएको शिखा श्रेष्ठले जानकारी दिनुभयो ।