2026 April 25/ 11:12: 31am

उद्धव प्रसाद अधिकारी/पाँचखाल
जापानीज दुतावासको सहयोगमा पाँचखालमा निर्माण सम्पन्न भएको कृषि तथा पशुपालन तालिम भवन जापानीज राजदुतबाट लवग्रीन नेपाललाई हस्तान्तरण गरेको छ ।
जापानीज राजदुतावास नेपालको सहयोगमा पाँचखाल नगरपालिका वडा नं ६ मा निर्माण भएको उक्त तालिम भवन जापानीज राजदुत युताका किकुताबाट लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा लवग्रीन नेपाल नामक संस्था ३० बर्ष पुगेको अवसरमा प्रकाशित पुस्तक तीस बर्षको यात्रा नामक पुस्तक समेत लोकार्पण भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजदुत युताका किकुताले पाँचखालका कृषकहरुको हितको लागि तालिम भवन निर्माण भएकोमा खुसी लागेको बताउनु भयो । पाँचखाल र आसपासको स्थान वातावरण मैत्रि कृषि सेवाको लागि सहज हुने बताउनु भयो । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाल नगरमा लवग्रीन नेपालले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । विशेषगरी पाँचखाल उपत्यकालाई दिगो कृषिमा रुपान्तरण गर्न संस्थाले विगत देखिनै कृषकहरूलाई प्राँगारिक कृषि तालिम, एकीकृत शत्रु जीव व्यवस्थापन प्रणाली र व्यवसायिक कृषि खेती प्रणालीहरुमा सहयोग गर्दै आएकोमा नगर प्रमु खरेलले धन्यबाद दिनु भएको थियो । 
कार्यक्रममा संस्थाका कार्यकारी सदस्य सिवकुमार बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जाईकाम नेपालका प्रमुख यकिमिट्सु ओकुव (ब्पष्mष्तकग यपगदय०ले कृषककको हितको लागि कार्य गर्दै आएको लवग्रीन नेपालसँग सहकार्य गर्दै जाने बताउनु भयो । संस्थाको मुख्यकार्य क्षेत्र काभ्रेपलाञ्चोक जिल्ला भएपनि काठमाडौं, भक्तपुर, ललितपुर सिन्धुपाल्चोक, मकवानपुर, सिरहा, कपिलवस्तु र डडेलधुरा सेवाहरु दिदै आएको बताएको थियो  ।
कार्यक्रममा नवनिर्मित भवनमा सभा कक्ष १, तालिम कक्ष २, सयन कक्ष ४, ल्याबोरेटरी कक्ष १, भान्छा १ र डाईनिङ्ग कक्ष १ रहेको जनाएको छ  । विगत १५ महिनाको अवधिमा ४ सय ६१ जना महिला र २ सय ४१ पुरुष गरी जम्मा ७ सय २ जनाले कृषि, पशुपालन र कम्प्युटर सम्बन्धी तालिम लिई सकेका जनाएका छन् । तालिम केन्द्रमा संस्थाले जापानीज भाषा कक्षा, कृषि र पशुपालन, कम्प्यूटर तालिमहरुलाई अझै परिष्कृत गरी संचालन गर्ने लक्ष्य लिएको छ । यसबाट स्थानीय युवाहरु र कृषकहरु लाभान्वित हुन मद्दत पुग्ने भएको छ । कार्यक्रम लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।