2026 April 25/ 11:11: 35am

सेवा सुविधामा ग्राहकलाई सहुलियत
    धुलिखेल/सेञ्चुरी कमर्सियल बैंकलिमिटेड धुलिखेल शाखाले बनेपा स्थित हिमालय दृश्य रिसोर्ट प्रा.लि. बीच बैंकको ग्राहकलाई विशेष छुट प्रदानगर्ने समझदारी भएको छ । 
    सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्टबाट सेवा लिए बापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानीगर्दा होटलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र रिसोर्टका प्रबन्ध संचालक श्यामकाजी महतले हस्ताक्षर गरेका छन् । सेञ्चुरी बैङकले काभ्रे जिल्लामा ७ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा १४४ पुगेको छ भने  १० वटा एक्सटेन्सन काउन्टर  २४ वटा शाखा रहित बंैकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।