धुलिखेल/काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा धुलिखेल अस्पतालको प्याथोलोजी विभागमा कार्यरत डा. विनोद ढकालले प्याथोलोजी सम्वन्धी पुस्तक प्रकाशन गर्नु भएको छ ।
‘प्याथोलोजी अध्ययन पुस्तक’ ले यो विद्यामा अध्ययन गर्न चाहने विद्यार्थी र यस विषयमा बुझ्न चाहने अन्य ब्यक्तिहरुका लागि सहजता प्रदान गर्ने लेख ढकालले बताउनु भयो । त्रिभुवन बिश्वबिद्यालय, काठमाडौ बिश्वबिद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र सिटिईभिटी अन्तर्गतका बिडिएस, बिएस्सी नर्सिङ, बिएमेलटी, बिएमआइटी र एमबिबिएस अध्ययनरत विद्यार्थीहरुका लागि उक्त पुस्तक अझै उपयोगी हुने लेखक ढकालले बताउनु भयो । पुस्तक निर्भाना प्रकाशन, पुतलिसडकमा उपलब्ध छ । उक्त पुस्तक धुलिखेलमा विमोचन गरिएको थियो । यो विषयसँग आवश्यक पुस्तकहरु अभाव भएको सन्र्दभमा उक्त पुस्तक लक्षित विद्यार्थीहरुका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । लेखकले उक्त पुस्तक आवश्यक हुनेहरुका लागि ९८४६७९७२८५ मा सम्र्पक गर्न सकिने ब्यवस्था मिलाउनु भएको छ ।









