बनेपा/बनेपा नगरपालिका भित्र सञ्चालन भएका विभिन्न योजनाहरुको उपप्रमुख तथा योजना अनुगमन संयोजक विमला सापकोटालले अनुगमन गर्नु भएको छ ।
वडा नं १ देखी १४ सम्मका सम्पन्न भएका र निमार्ण कार्यजारी रहेका योजनाहरुको अनुमगमन गरिएको सापकोटा दाहालले बताउनु भयो । अनुगमनका क्रममा उपभोक्ता समितिहरुलाई परेका समस्या, अधुरा योजना, र आगामी आर्थिक वर्षका लागी समेट्नु पर्ने योजनाका बारेमा समेत जानकारी लिईएको सापकोटाले बताउनु भयो । नगरपालिकाले प्राथमिकताका आधारमा योजनाहरुलाई वर्गीकरणमा राखिने बताउनु भयो । नगरमा विकासका योजना मात्रै नभई सामाजिक, आर्थिक, संस्कृती तर्फ पनि आगामी निति तथा कार्यक्रममा समेटिने सापकोटाले बताउनु भयो । योजना अनुगमनमा योजना अधिकृत संगम भुजेल, ईन्जिनियर चन्दन ह्यजु, वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्बर २ का वडा अध्यक्ष रामप्रसाद घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष रमेश प्रसाद दाहाल वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, उपभोक्ता समितिका अध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियो ।









