2026 April 25/ 09:42: 28am


बनेपा/ बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९को लक्षित वर्ग दलित/जनजाती कार्यक्रम अन्र्तगत सिलाईका मेसिनहरु वितरण गरिएको छ । 
सिलाई मेसिन वितरण गर्दे नगर प्रमुख शान्तिरत्न शाक्यले सामानको सहि सदुपयोग गर्न आग्रह गर्नु भएको थियो । सामानको सहि सदुपयोग गरी आत्म निर्भर मात्र नभई उद्योगी बन्न समेत प्रमुख शाक्यले आग्रह गर्नु भएको थियो । आगामी निति तथा कार्यक्रममा लक्षित वर्गलाई बिषेश कार्यक्रम मार्फत समेटीने शाक्यले बताउनु भयो । कार्यक्रमम उप प्रमुख बिमला सापकोटाले नगरपालिकाले दिने अनुदानका सामानहरुको अनुगमन गरिने बताउनु भयो । नगरपालिकाले धेरै प्रकारका सामानहरु वितरण गर्दे आई रहेको छ र  उक्त सामानहरुको अनुगमन हुन सकेको छैन त्यस कारण अब  अनुमगन गरेर मात्र सामानहरु वितरण गरी  नगरबासीहरुलाई आत्म निर्भर बनाउने उप प्रमुख सापकोटाले बताउनु भयो । नगरपालिकाले लक्षित वर्गमात्र नभई विभिन्न समुहहरुलाई तालिम, कृषकहरुलाई विउ वितरण, थोरे, उन्नत जातका बोका, कृषि औजारहरु वितरण गरेकाले तिनिहरुको सहि सदुपयोग भए नभएको अनुगमन गरीने सापकोटाले बताउनु भयो । कार्यक्रममा ६१ वटा सिलाई तथा जुत्ता सिलाउने मेसिन वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, सामुदायीक विकास अधिकृत चिरञ्जवि अर्याल लगाएतको सहभागिता रहेको थियो ।