2026 April 25/ 09:28: 15am

    धुलिखेल/धुलिखेल नगरपालिकाले धुलिखेलका पुराना शहरहरु वडा नम्वर ५, ६, ७ र १२ मा पुरानै शहरका रुपमा विकास गर्न छलफल शुरु भएको छ । नयाँ शहर आयोजना समन्वय कार्यालय काठमाडौंले उक्त परियोजनामा समन्वय गर्नेछ ।
    धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाको पुरानो बजारलाई त्यहि अवस्थामा राख्न वा पुनर्निमाण गर्न नगरपालिकाले आवश्यक समन्वय गर्ने बताउनु भयो । ब्यक्तिको चाहना वा समुदायको आवश्यकतालाई समेत ध्यानमा राखी पुरानो शहरलाई स्थापित गर्न नगरपालिका तयार भएको उहाँले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्षहरु, स्थानीयहरुले धुलिखेलको संस्कृति, सम्पदा र संरचनाहरु जोगाउन नगरपालिका, स्थानीयहरुको सहकार्य आवश्यक रहेको बताउनु भयो ।