2026 April 25/ 09:29: 19am

    धुलिखेल/राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र कर्डेडको संयुक्त सहकार्यमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकावडा नम्बर ५, ६, १२ र काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९, १०, ११ मा सन २०२१ अप्रिल देखि अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरिरहेका छ ।    जसलाई आर्थिक सहयोग लाइट फर द वल्र्डले गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी र स्वरोजगारीको लागि कफी मुल्य श्रृङ्खलालाई उपयोग गरि जीविकोपार्जनमा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिकरण परियोजनाको मुख्य उद्देश्य रहेको छ । यसै शिलशिलामा २०७९ जेष्ठ २५ गते सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका कृषि सहकारी संस्थाका प्रतिनिधिहरुसँग कृषि सहकारीहरुमा अपाङ्गता समावेशीकरण बिषयक १ दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कार्यसम्पादन  सदस्य कृष्ण गौतम र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष खोम राज शर्माले तालिमका  बिभिन्न शत्रहरुमा सहजीकरण गर्नु भएको थियो । सहभागीहरुलाई स्वागत गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, अपाङ्गता समाबेशी हाम्रो कफी परियोजनाका परियोजना संयोजक पारु शर्माले कार्यक्रमको उद्देस्यमाथि प्रकास पार्नु भएको थियो भने यो परियोजना कार्यान्वयन साझेदार कर्ड एडका कृषि तथा जीविकोपार्जन संयोजक माधव पण्डितले अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थानीय स्तरमा उत्पादित बस्स्तुहरुको बजारीकरणमा सहकारीहरुको भूमिका बिषयमा सहजीकरण गर्नु भाको थियो । सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका समुदायस्तरमा स्थापना भएका सहकारी समुहका प्रनितिनिधि देखि जिल्ला स्तरीय सहकारी संघ गरि जम्मा २५ जना प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
    ग्रामिण भेगमा बसोबास गर्ने बिपन्न नागरिकहरुको आयस्तर उकास्न तथा स्थानीय तहमा उत्पादन भएका बस्तुहरुको बजारीकरणको लागि स्थानीय तहमा नै स्थापना भएका सहकारी संस्थाहरुको विशेष भूमिका हुन्छ उत्पादनलाइ बजारसँग जोड्न सहकारीहरु एउटा सजिलो माध्यम बन्दै गएको बिद्यमान परिपे्रक्षमा ति सहकारीहरुमा समाबेशिता खोज्नु र अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका बस्तुहरुसम्बन्धित सहकारीको माध्यमबाट सहज रुपले उपभोक्ताले उपभोग गर्न पाउने बिषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । त्यसै गरी नेपालको संविधानले स्पष्ट रुपमा अपाङ्गताका आधारमा हुने सबै प्रकारका भेदभावलाई प्रतिबन्धित गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायत अन्य आधारभुत सेवाको समान पहुँचको व्यवस्था गरेको भए तापनि अपाङ्गता भएका व्यक्तिहरु हुने विभेद यथावत नै छ  । समुदायस्तर बाट नै अपाङ्गता सम्बन्धी सचेतना जगाउन पर्ने महसुस गरि  कार्यकमको आयोजना गरिएको हो ।