2026 April 25/ 09:27: 44am

श्रीखण्डपुर/नेपाली कांग्रेस धुलिखेल ५ नम्बर वडा समितिले धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर र वडा अध्यक्ष र जन प्रतिनिधीहरुलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामाको प्रमुख आतिथ्यता भएको उक्त सम्मान कार्यक्रममा लामाले जन प्रतिनिधीहरुलाई इमान्दारीताका साथ काम गर्न निर्देशन दिनु भएको थियो । जनताहरुको भावना बुझेर स्थानिय तहमा राम्रा काम गर्न लामाले आग्रह गर्नु भएको थियो । लामाले जनप्रतिनिधिहरु सिसाको घरमा रहेकाले जनताले प्रत्येक क्रियाकलापको निगरानी राखेको बताउनु भयो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाबाट निर्वाचित उप प्रमुख निराजन जगंम लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम धुलिखेल नगर ५ नम्बर वडा समितिका सभापति भवसागर रन्जितको सभापतित्वमा सम्पन्न भएको थियो ।