2026 April 25/ 09:42: 29am

    बनेपा/भोमी अस्पतालले स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ । संस्थाका कार्यकारी निर्देशक सगुन कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
    पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु अस्पतालका संचालकहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो । अस्पतालकी कर्मचारी संगिता तिमल्सिनाको स्वागत मन्तब्य रहेको कार्यक्रममा अस्पतालले एक वर्ष दिएको सेवाका बारेमा जानकारी गराईएको थियो । कोभिड १९ को महामारीका समयमा उक्त अस्पताल स्थापना गरिएको थियो ।