काठमाडौ/नेपाल कस्मेटिक व्यवसायी संघले सरकारले रोक लगाएका विलासिताका सामाग्रीमा कस्मेटिकलाई नराख्न अनुरोध गरेको छ । अध्यक्ष ऋषिकेस तिमल्सिनाले जारी गरेको विज्ञप्तीमा कस्मेटिक सामाग्री विलासितामा नराख्न अनुरोध गरिएको छ ।
कस्मेटिक सामग्री विलासिताको सामान मात्र नभएर दैनिक उपभोग्य वस्तु हो भन्ने आम उपभोक्तामा विश्वासको वातावरण बन्दै गएको अध्यक्ष तिमल्सिनाले बताउनु भयो । कस्मेटिक व्यवसाय केन्द्र, प्रदेश र स्थानीय सरकार मात्र हैन, प्रहरीका साथै विभिन्न समूहबाट पिडित भई पलायन हुने अवस्था श्रृजना भएको व्यवसायीहरुको गुनासो छ । कस्मेटिक सामग्री स्याम्पु, सावुन, लोसन, फेस क्रिम, सावर जेल, सेन्ट, बोडि स्प्रे, एफटर सेभ, सेभिङ क्रिम, ब्लेड, रेजर तथा नेपाली धर्म, संस्कृतिमा जोडिएको महिलाका शृङगार सामग्री नेल पालिस, लिपिस्टिक, चुरा, पोते, सिंदुर, काईयो, ऐना, जस्ता सौभाग्य सामग्रीलाई लगातार अन्तःशुल्क लगाई भन्सार वृद्धि गरिनु तथा दैनिक उपभोग्य सामग्रीलाई विलासिताका वस्तुको रुपमा राखिनु हाम्रो परम्परा संस्कृति माथि सरकारको गिद्दे दृष्टि रहेको संघको ठम्याई छ । सरकार र प्रशासनको यस्तो रवैयाप्रति संघले भत्र्सना गरेको छ । सरकार र प्रशासन समक्ष कस्मेटिक व्यावसायीहरुमाथि भएको अन्यायपूर्ण नीतिलाई तुरुन्त सुधार गर्न संघले माग गरेको छ ।
नेपाल कस्मेटिक व्यवसायी संघको २०७८ साल चैतमा सम्पन्न अधिवेशनबाट टिम विजय भए पश्चात नेपाल कस्मेटिक व्यवसायी संघको दिगो विकास र व्यवसायीक हक हितका लागि हामी प्रतिवद्ध रहेको बताएको छ । स्वदेशमै कस्मेटिक वस्तुको उत्पादन गरी निर्यात गर्न सके विदेशी मुद्रा आर्जन गरी बढ्दो व्यापार घाटा न्युनिकरण र्गन सकिन्छ भन्ने संघले विश्वास गरेको छ । स्वदेशमा खेर गई रहेको लाखौ जडिबुटी कस्मेटिक सामग्री उत्पादनको निम्ति प्रशोधन गरी प्रथामिकताका साथ उपयोगमा ल्याईनु पर्दछ भन्ने संघको ठम्याई रहेको छ ।









