2026 April 25/ 09:42: 16am

नाला/सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वयमा संस्थाका सदस्यहरुलाई कृषियन्त्र तथा विषादी वितरण गरेको छ ।
कृषि ज्ञान केन्द्र काभ्रे र सिन्धुपाल्चोकका प्रमुख तेज प्रसाद दवाडी र संस्थाका अध्यक्ष रेशम नेपालीले संयुुक्त रुपमा सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको थियो । १ सय जना सदस्यहरुलाई ट्रयाक्टर, पम्प, टनेल प्लाष्टिक र विषादी वितरण गरेको अध्यक्ष नेपालीले बताउनु भयो । संस्थाले सदस्यहरुलाई स्वास्थ्य उपचार खर्च, मृत्यु राहत कोष, विभिन्न किसिमका सिपमुलक तालिमहरु प्रदान गर्दै आएको र सहकारीले आफ्नै सदभाव हस्पिटल, एम्बुलेन्स, मिनिमार्ट सञ्चालन गरी सदस्यहरुलाई विशेष छुट प्रदान गरेको प्रबन्धक राजेन्द्र कोङ्गाले बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, वडा सदस्यहरु, संस्थाका सल्लाहकार, सञ्चालक लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रेशम नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।