2026 April 25/ 09:42: 28am

धुलिखेल/धुनपा–८ बडालगाउँ श्री जनचेतना युवा समूहको साधारण सभाले रमेश प्रसाद न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समूहको उपाध्यक्षमा रमेश प्रसाद वडाल, सचिव पदम नवराज बडाल, कोषाध्यक्ष नविन वडाल, सहसचिव मोहन गजुरेल, सदस्यहरु विष्णु बहादुर भुजेल, सन्तोष मिजार, संगिता चौलागाई र पार्वती केसी रहनुभभएको छ ।
आजीवन सदस्य नानीराम धितालले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा जेष्ठ सदस्य चेतनाथ न्यौपानेले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी रामकृष्ण हुमागाई, धुलिखेल वडा नं ८ का वडा अध्यक्ष विनोद गौतम, विनायक बाल आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चोला वहादुर गौतम, समूहका संस्थापक अध्यक्ष उद्धव वडाल, वडाका निर्वाचित वडा सदस्यद्वय सानुराम सुवेदी र कृष्ण माया मिजार समुहका संस्थापक उपाध्यक्ष नारायण प्रसाद वडाल कार्यक्रममा उपस्थिति रहेको थियो ।
नगर उपप्रमुख निराजन जंगमले धुलिखेल नगरपालिकाको समग्र विकास गर्न आफू निरन्तर तत्पर रहेको, जनआंकाक्षाका अनुरुपको विकास गर्नु र कर्मचारी वर्गले जनताहरुलाई दिनुपर्ने प्रविधि सहितको सेवा सुविधा दिनु पर्ने कुरा प्रस्टाउनु भयो । संस्थाका सचिव रमेश प्रसाद वडालले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रमेश प्रसाद न्यौपानेले आ.व. ०७७÷०७८ आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसै गरी जनचेतना युवा समुहको २७ औँ साधारण सभामा २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, वडा नं ८ मा निर्वाचित वडा अध्यक्ष विनोद गौतम, सदस्यहरु कृष्णमाया मिजार र सानुराम सुवेदीलाई समूहका अध्यक्ष साधुराम वडालले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । निर्वाचन उपसमितिका संयोजक दामोदर वडाल र सदस्य कृष्ण बहादुर भुजेलले निर्वाचित कार्य समितिको घोषणा गर्नुभयो ।
कार्यक्रमको सञ्चालन सहसचिव नवराज वडालले गर्नु भएको थियो ।