2026 April 25/ 09:42: 28am

बनेपा/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिले काभ्रे जिल्लाका स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुलाई गत शुक्रबार बधाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला बचत संघका अध्यक्ष जीतेन्द्र नकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सागरनाथ कपालीले गर्नु भएको थियो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष एवं मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, पाँचखाल नगरपालिका उपप्रमुख सूर्यमायाँ दनुवार, मण्डनदेउपुर नगरपालिका उपप्रमुख भिमबहादुर लामा, नेपाल पत्रकार महासंघको अध्यक्ष बद्रीराज तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला बचत संघका सल्लाहकार इन्द्र अधिकारीले सहकारी ऐन २०७४ अनुसार अर्थतन्त्रको ३ खम्बे अर्थ नीतिमा आर्थिक विकासको एक खम्बा सहकारी भएको र जनताको  जीवन समृद्धिको आधार भएकोले स्थानीय पालिकाहरुले सहकारी क्षेत्रको विकासलाई दिगोपन दिन प्रवद्र्धनमा आगामी नीति कार्यक्रम बजेटमा सम्बोधन गर्न आग्रह गर्नुभयो । मेनेजर्स क्लव काभ्रेका अध्यक्ष मदन बस्नेत, काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चका अध्यक्ष सचित खड्का, जिल्ला बचत संघका समिति, उपसमिति कार्यक्रममा सहभागीता रहेको थियो । जिल्ला बचत संघका प्रवन्धक गुरुप्रसाद ढकालले प्रारम्भीक सहकारी संस्थाहरुको व्यवसायिक विकास गरी शेयर सदस्यहरुको आर्थिक जीवन स्तरमा सकारात्मक सुधार ल्याउने उद्देश्य राखेको बताउनुभयो । जिल्ला बचत संघका अध्यक्ष जीतेन्द्र नकर्मीले सहकारी संस्थाहरुको संख्यात्मक बृद्धि भएको र गुणात्मक बृद्धि आवश्यक भएकोले स्थानीय सरकारहरुले सहकारी संस्थाहरुको शुसासन पारदर्शीता र जवाफदेहीता कायम गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनु पर्ने धारणा राख्नुभयो । जिल्ला बचत संघका प्रमुख सल्लाहकार रामहरी केसीले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा र प्रमाण पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव शुरेन्द्र पौडेलले गर्नु भएको थियो ।