पनौती/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिले विश्व वातावरण दिवसको अवसरमा श्रीखण्डपुर मार्ग अन्तर्गत खड्पु पुल देखि गणेशथान सम्म वृक्षारोपण गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष मैया महत, निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार तिर्थमाया प्रधान, संस्थाका संञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समितिहरु, कर्मचारीहरु र स्थानीय सदस्यहरुको उपस्थिति रहेको थियो उक्त संस्थाको नाम लेखिएको ड्रम सहितको वृक्षारोपण कार्यक्रममा कल्कि, निलो शिरिष, कपुर आदिको वृक्षारोपण गरिएको थियो । संस्थाको वार्षिक कार्ययोजना अन्तर्गतको कार्यक्रम रहेकोले यसलाई आगामी वर्ष थप बिस्तार गर्दै लैजाने संस्थाकी अध्यक्ष मैया महतले बताउनु भयो ।
त्यस्तै लक्ष्मी महिला साकोसले वार्षिक कार्ययोजना अनुसार किशोरी महिलाहरुको लागि महिला हिंसा न्युनिकरण एवं आत्मरक्षा सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ २१ गते शिक्षा उप समितिका संयोजक संञ्चालक सह सचिब शर्मिला अधिकारीको सभापतित्वमा संस्थाका अध्यक्ष मैया महतको प्रमुख आतिथ्यतामा, नेपाल घरेलु साना उद्योग महासंघ बनेपा नगरपालिकाका संयोजक समिति राजवंशी र ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरिक्षक नारायण थापाको विशिष्ट आतिथ्यतामा संस्थाका ५५ जना महिला तथा बाल सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मैया महतले सम्पुर्णलाई स्वागत गर्नु हुदै आगामी दिनहरुमा पनि लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै महिला तथा बालबालिका लक्षित यस्ता विभिन्न प्रकारका कार्यक्रमहरु विभिन्न संघ संस्था तथा संस्था आफैले पनि निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक नारायण थापालाई सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा महिलाहरुलाई लक्षित गर्न सकिने साईबर क्राईम, विभिन्न अपराध जन्य घटनाहरु र त्यसको रोकथाम तथा न्युनिकरणका उपाएका बारेमा सुझाउनु भएको थियो । प्रहरी सहायक निरिक्षक खेम बहादुर खत्रीले आत्मरक्षा सम्बन्धी टिप्स, अभ्यास तथा उपायका बारेमा जानकारी दिनु भएको थियो ।









