2026 April 25/ 09:28: 57am

    बनेपा/श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला कार्य समिति काभ्रेले बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।
    पूर्व राज्य मन्त्री कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगपालिकामा प्रमख शान्तिरत्न शाक्य, उपप्मुख विमला सापकोटा दाहाल लगाएत निर्वाचित सम्पुर्ण जनप्रतिनिधीलाई सेवा समितीका अध्यक्ष रेवती प्रसाद सापकोटाले सम्मान गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी कन्चन चन्द्र बादेले बनेपामा विभिन्न धर्मको आकर्षण केन्द्र बनाई आन्तरिक तथा बाह्य पर्यटकीयको केन्द्र बनाउनु पर्ने बताउनु भयो । बनेपा नगर पूर्वी भेगको नाका भएकाले यहाँ पर्यटकीय क्षेत्र बनाउन सबै लाग्नु पर्ने बादेको भनाई रहेको थियो । सेवा समितिको जिल्ला कार्यसमितिको भवनमा भएको कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले सबै सघं संस्था मिली नगरको विकासमा लाग्नुपर्ने बताउनु भयो । नगर भित्र रहेका सम्पूर्ण धर्मालम्बीहरुको रक्षा गर्नु नै नगरको दायित्व भएकाले सबै धर्मलाई समान रुपमा हेरिएको शाक्यले बताउनु भयो । उप–प्रमुख विमला सापकोटाले नगर भित्र रहेको, धर्म सँस्कृति, कलालाई संरक्षण गर्दै नगरपालिकाले समन्वय गर्दै अगाडी बढ्ने सापकोटाले बताउनु भयो ।
    कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्ब ३ का वडा अध्यक्ष रमेश दाहाल, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रणमी सेवा समितीका उपाध्यक्ष बद्री प्रसाद फुयालले स्वागत मन्तब्य राख्नु भएको थियो भने सञ्चालन सचिव बलराम बजगाईले गर्नु भएको थियो ।