2026 April 25/ 08:06: 03am

काभ्रे/काभ्रे तेक्वान्डो सघं द्धारा आयोजना गरिएको काभ्रे तेक्वान्डो च्याम्पीयनशीप गत जेठ ६ र ७ गते धुलिखेलमा सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रोमी प्रसाद ब्यान्जुले खेलको उद्घाटन गर्नु भएको थियो । च्याम्पीयनशीपमा काभ्रे तेक्वान्डो काभ्रेले १० वटा स्वर्ण पदक सहित प्रथम स्थान, धुलिेल तेक्वान्डो डोजाङ्ग ९ वटा रजत पदक सहित द्धितिय र बुडोल तेक्वान्डो डोजाङ्ग ५ वटा गोल्ड मेडल सहित तृतिय भएका छन् । च्याम्पीयनशीपमा पुरुष तर्फ धुलिखेल तेक्वान्डो डोजाङ्गका रियक्रुन तामाङ बष्ट प्लेयर तथा महिला तर्फ काभ्रे तेक्वान्डो एकेडेमी बनेपाका रविना थापा मगर बेष्ट प्लेयर भएका छन् । कार्यक्रममा काभ्रे आईटि एफ का अध्यक्ष किशोर बरुण, संस्थापक अध्यक्ष तथा वागमती तेक्वान्डो सघंका मुख्य प्रशिक्षक राजमन्दिर श्रेष्ठले विजेता खेलाडीलाई मेडल, ट्रफी तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।