पनौती/इन्द्रे्रश्वर क्याम्पसले स्थानीय निकाय २०७९ मा निर्वाचित पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा वडा नंं ७ अध्यक्ष सबिन ताम्राकारलाई स्वागत तथा सम्मान गरेको छ ।
क्याम्पसका सञ्चालक समिति अध्यक्ष तुयुकाजी ताम्राकारले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई खादा, टोपी, बधाई पत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, वडा नंं ७ अध्यक्ष सबिन ताम्राकार लगायत वडा सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चालक समिति अध्यक्ष तुयुकाजी ताम्राकार, कोषाध्यक्ष भिमसेन बस्नेत, सदस्य केशव थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख श्रीकुमार सुवालले उच्च शिक्षाको उपादेयता, भावी योजना एवं शैक्षिक गतिविधिहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।









