2026 April 25/ 08:06: 04am

काभ्रे/अखिल नेपाल महिला संघ काभ्रेले समाजमा भएका सबैखाले असमानता भेदभाव हिंसा अन्याय, अत्याचारका विरुद्ध र देशको आर्थिक अस्तब्यस्तताको अवस्थामा सुधार हुनुको साटो दिन प्रतिदिन भ्रष्टचार र नियमितता बढेका कारण रोकथामका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई अनेम संघ काभे्रकी अध्यक्ष तथा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले ज्ञापन–पत्र बुझाउनु भएको थियो । उप–प्रमुख सापकोटाले चौथो राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा महिला अधिकारको क्षेत्रमा देखिएका जटिल चुनौतीहरु र राष्ट्रिय सरोकार र जनताको जनजीवनको सवालमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको विज्ञप्तीमा उल्लेख रहेको बताउनु भयो । त्यसैगरी आठ वर्ष अघि सुन्दरी प्रतियोगिताका नाममा आयोजकले गरेको बलात्कार र यौन हिंसाका श्रृंखलाबद्ध अपराधका विद्यालय लगायत कार्यथलोमा र घरायसी यौनजन्य दुब्र्यबहारका घटनाहरु उजागर भैइरहेकाले रोकथाम र अपराधीलाई कार्वाहि र हिंसा पीडितलाई तत्काल क्षतिपूर्ति सहितको छिटो न्याय प्रणाली मार्फत दोषिलाई कडा कार्वाहीको दायरामा ल्याउन माग गरिएको छ । ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै पालिका र क्षेत्र समुदाय मिली यस्ता घटनाहरुलाई न्यूनीकरणमा लाग्नु पर्ने बताउनु भयो । प्रशासनबाट हुने सेवा र दोषिलाई कार्वाहीमा कुनै कसर बाँकी नराखिने बताउनु भयो । ज्ञापन–पत्र बुझाउने कार्यक्रममा अनेम संघ केन्द्रिय सदस्य अम्बु भवानी कार्की र संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।