भकुण्डे/नमोबुद्ध नगरपालिका वडा नं. २ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर गत शनिवार सम्पन्न भएको छ ।
उक्त शिविरमा दन्त सेवा, मुटु रोग परिक्षण, स्त्रीरोग सेवा, छाला रोग लगायत मुटु रोग लाग्नबाट र अरु रोगबाट बच्ने उपायको लागि जनचेतनाको कार्यक्रम भएको थियो । उक्त शिविरमा धुलिखेल अस्पतालका बाल मुटु रोग बिशेषज्ञ डा.अनिश श्रेष्ठ, डा. श्रेया देउजु, डा. राहुल श्रेष्ठले र दन्त सेवा तर्फ डा. बिप्लप अधिकारी लगायत उहाँको समुहले सेवा प्रदान गर्नु भएको थियो । स्त्रीरोग परिक्षणतर्फ स्त्रीरोग बिशेषज्ञ रुपा कर्माचार्य र कृष्णा सिकु श्रेष्ठले सेवा प्रदान गर्नु भएको थियो । छाला रोग परिक्षण तथा उपचार तर्फ सुमि रन्जित लगायत कृयटिभ ब्युटि समुहले सेवा प्रदान गर्नु भएको थियो ।
शिविरको शुभारम्भ नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले गर्नुभएको थियो । शिविरमा ११६ जनालाई सेवा प्रदान गरिएको थियो जस्मा भ्ऋन् ३० जनाको गरिएको थियो भने भ्ऋज्इ ३५ जनाको गरिएको थियो भने छाला र दन्त सेवा पनि धेरैले लिनु भएको थियो । गम्भीर रोगीहरुलाई थप उपचारको लागि धुलिखेल अस्पतालमा जाने व्यवस्था पनि गरिएको छ । उक्त शिविरको प्रबन्धक रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष तथा हृदय रोग निवारण प्रतिष्ठानका सभापति अशोक कुमार श्रेष्ठले गर्नुभएको थियो भने शिविरको समन्वय रोटरी सामुदायिक संघ पिपलचौरकी कार्यक्रम परियोजना संयोग पल्लवी प्रधानु, अध्यक्ष सबिना श्रेष्ठ र लक्ष्मण हुमागाईले गर्नु भएको थियो भने रोटरी सामुदायिक संघ पिपलचौरकी उपाध्यक्ष प्रबिना श्रेष्ठ र पुजा श्रेष्ठले पनि आफ्नो महत्वपूर्ण योगदान गर्नु भएको थियो ।









