2026 April 25/ 08:04: 59am

बनेपा/नेपाल उत्पीडित जातीय मुक्ति समाज बनेपा नगरको विशेष भेला नेकपा एमाल वागमती प्रदेश सदस्य कुमार तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
आगामी स्थानिय चुनावलाई लक्षित गर्दे उक्त भेलाको आयाजना गरिएको मुक्ति समाजका बनेपा नगरका अध्यक्ष राजिव रसाईलीले बताउनु भयो । दलित तथा उत्पीडित समाजका समस्याहरुका बारेमा नगरका मेयर र उपमेयरका उमेदवारहरुले प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो  । मेयरका उम्मेदवार तथा नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारले घरेलु उद्योगलाई कारखानामा बदली सयौलाई रोजगारको प्रबन्ध गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । उप–प्रमुखका उमेदवार तथा अनेमसंघ काभ्रेकी अध्यक्ष विमला सापकोटा दाहालले उत्पीडित समाजलाई हेर्ने दृष्टि र्ने परिवर्तन गरी समाजलाई एकरुपता बनाउन पहल गर्ने बताउनु भयो । 
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिबालय सदस्य तथा बनेपा ईन्चार्ज हरिशरण दाहाल, मुक्ति समाजका जिल्ला अध्यक्ष तेज नेपाली लगायतको सहभागिता रहको थियो । कार्यक्रम नेपाल उत्पीडित जातिय मुक्तिसमाज बनेपा नगरका अध्यक्ष राजिव रसाईलीको सभापतित्वमा सम्पन्न भएको थियो ।