2026 April 25/ 08:06: 05am

    बनेपा/अर्किड ईन्टर नेश्नल एकेडेमी बनेपाको १२ औ अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । 
    एकेडेमीका सञ्चालक अध्यक्ष पुकार कारञ्जीतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कारञ्जीतले विद्यालयले गुणस्तरीय र ब्यबहारीक शिक्षा प्रदान गरेको बताउनु भयो । स–साना बालबालिकाहरुलाई ब्यबहारीक, अनुशासित र संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको कारञ्जीतले बताउनु भयो । अर्किडले मन्टेश्वरी तालिम प्राप्त शिक्षकहरुद्धारा बालबालिकाहरुलाई ब्यबहारीक शिक्षा प्रदान गरिएको बताउनु भयो । कार्यक्रममा विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता प्रजापतीले १२ वर्षमा ५ सय भन्दा भढी विद्यार्थीहरुलाई दीक्षित गरिएको बताउनु भयो । समय र प्रविधिको पहुँच सँगै बालबालिकाहरुलाई संस्कार युक्त ब्यबहारीक शिक्षा प्रदान गरेको बताउनु भयो । कोरोना महामारीका कारण ९ औ अभिावक दिवस गर्न नसकिएको बताउनु भयो ।  विद्यालयमा हाल १ सय ७० भन्दा बढी विद्यार्थीहरु अध्यनरत रहेका छन् । कक्षा ५ सम्म अध्यापन गराउँदै आएको आगामी शैक्षिक सत्रमा आफ्नै भवनबाट कक्षा ६ सञ्चालन गरेको प्रजापतिले बताउनु भयो । विद्यालयमा प्रविधिको प्रयोग गरी विद्यार्थीहरुको चाहना अनुसारको पढाई हुँदै आएको बताउनु भयो । कार्यक्रममा २० जना विद्यार्थीहरु दिक्षीत भएका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष अनिता कारञ्जीतको सभापतित्वमा सम्पन्न भएको थियो ।