2026 April 25/ 08:04: 57am

जेष्ठ नागरिकलाई निःशुल्क सेवा 
    मण्डनदेउपुर/स्थानीय तहको निर्वाचनमा जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष लगायत विभिन्न पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले आफुहरु निर्वाचित भए पछि नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क सेवा प्रवाह गर्ने बताएका छन् । 
    एमालेका उम्मेदवारहरुले न्याय, सुरक्षा सामाजिक विकास कार्यक्रम अन्र्तगत आफ्नो प्रतिबद्धता पत्रमा उक्त कुरा उल्लेख गरेका छन् । एमाले मण्डनदेउपुरका उम्मेदवारहरुले आफुहरु नगरपालिकामा विजयी भएको खण्डमा घरघरमा जेष्ठ नागरिक भत्ता पु¥याउने, जेष्ठ नागरिकमैत्री सार्वनजनिक यातायातको व्यवस्था गर्ने, प्रत्येक वडामा सुविधा सम्पन्न जेष्ठ नागरिक ज्ञान तथा सीप केन्द्र निर्माण गर्ने तथा अनाथ, टुहुरा र विशेष संरक्षणको आवश्यकता भएका बालबालिका लागि विशेष सुरक्षा कार्यक्रममा नगरपालिकाको लगानी थप गरि लागु गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । यसैगरी न्याय सुरक्षा र सामाजिक विकास अन्र्तगत न्यायिक समितिको सबलीकरण गरी छिटो छरितो न्याय सेवा प्रदान गर्ने, स्थानीय तहको जवाफदेहीता र पारदर्शी शासन अभिबृद्धि गर्न सामाजिक संघ संस्थासँग स्थानीय साझेदारी र सहकार्य गर्ने, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको प्रत्याभूति गर्ने, स्रोतमाथि जनताको पहँुच र स्रोतको न्यायपूर्ण वितरण गर्ने प्रतिबद्धतामा उल्लेख छ । यसैगरी अन्य स्थानीय सरकारहरू बीचको समन्वय, सहकार्य र साझेदारीलाई प्रबद्र्धन गर्ने, सबै खाले विभेद (जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक), बढ्दो असमानता, अभाव र गरिबीका विरूद्ध जुध्ने सशक्त नीति र कार्यक्रमहरु अघि बढाउने, स्थानीय परिवेशमा अभ्यासमा रहेका विभेदजन्य कुसंस्कार अन्त्यका लागि कार्यक्रम गर्ने, हिंसा पीडित बालबालिकका लागि स्थानीय तहमा संरक्षण तथा पुर्नस्थापना केन्द्रको स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । 
    अपाङ्गता भएका बालबालिकाको निःशुल्क शीघ्र पहिचान गर्ने, कृत्रिम अङ्ग तथा सहायक सामग्री वितरण, उपचार र  पुर्नस्थापनामा आवश्यक सहयोग गर्ने, प्रत्येक वडामा सुविधा सम्पन्न बाल उद्यान निर्माण गर्ने, बालमैत्री सार्वजनिक सेवा उपलब्ध गराउने, एकल महिला र तिनका बालबालिकको विशेष संरक्षण कार्यक्रम लागु गर्ने, एकल महिलाका लागि मर्यादित रोजगारी र भत्ता प्राप्तिमा सहजता सिर्जना गर्ने, पाँच वर्षमुनिका सबै बालबालिकाका लागि बाल पोषण भत्ता उपलब्ध गराउने, बालमैत्री स्थानिय शासन, वातावरणमैत्री स्थानिय शासन, पोषणमैत्री स्थानीय शासनको लक्ष्य पुरा गरी घोषणा गर्ने, अपाङ्गता भएका व्यक्तिका लागि सहयोगी व्यक्तिको मासिक वृत्ति लागायतका समुदायको संरक्षण र विकासका लागि विशेष सामाजिक सुरक्षा कार्यक्रम ल्याईने, परम्परागत पेशाको स्तरोन्नति र व्यवस्थापनसहित दलित लगायतका अल्पसंख्यक समुदायको आर्थिक उन्नति र समावेशिकरणमा विशेष प्राथमिकता दिइने बताईएको छ ।