बनेपा/नेपाल अडिटर्स एशोसिएसन काभ्रेको छैटौ जिल्ला अधिबेशन केन्द्रीय बरिष्ठ उपाध्यक्ष केदारनाथ पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । राष्ट्रिय समृद्धी र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिबृद्धी हाम्रो अडान भन्ने अभियानका साथ सम्पन्न अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अध्यक्ष अर्जुनदास श्रेष्ठले नेपाल अडिटर्स एशोसिएसनले नागरिक र राज्यलाई सहयोग पु¥याउने उदेश्यले विभिन्न कार्यक्रम गरिरहेको बताउनु भयो । नागरिकहरुलाई करमैत्री बनाउने अभियानमा अडिटर्सहरुको मुख्य भूमिका रहेको बताउँदै अध्यक्ष श्रेष्ठले राज्यले अडिटर्सहरुलाई गर्नु पर्ने ब्यवहार र नीति निर्माणमा पनि सहज गर्नु पर्ने बताउनु भयो । प्रमुख अतिथी बरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेलले मुलुक निर्माण र समृद्धीका लागि अडिटर्सहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । राज्यलाई करमा आत्मनिर्भर बनाउन अडिटर्सहरुले कर तिर्ने वातावरण तयार गरिदिएको उहाँले बताउनु भयो । अधिबेशनको उद्घाटन सत्रमा केन्द्रीय महासचिव झलकमणी लम्साल, उप महासचिव भोलानाथ पाठक, पुर्व उपमहासचिव मिरा श्रेष्ठ, केन्द्रीय सल्लाहकार भिमसेन गौतम, केन्द्रीय नेताहरु श्रेया झा, काठमाडौ जिल्ला अध्यष पोषणलाल श्रेष्ठ, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, पनौतीका प्रदिप पौड्याल, आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, संघका सचिव कृष्णगोपाल श्रेष्ठ, माया बादे लगायतले अडिटर्सहरुले खेलेको भूमिका र आगामी दिनमा गर्नु पर्ने कार्यका बारेमा बताएका थिए ।
अधिबेशनको बन्द सत्रले अध्यक्षमा अर्जुनदास श्रेष्ठ, उपाध्यक्ष सत्यनारायण सापकोटा, सचिव कृष्णगोपाल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम शर्मा, सदस्यहरु महेश कुमार कर्माचार्य, दयाराम कुस्मा, श्रीविक्रम ब्याञ्जु, तारानाथ बञ्जारालाई छनौट गरेको छ ।









