2026 April 25/ 07:36: 38am

बनेपा/सामाजसेवी खाईवा लामाले खानीखोला वडा नम्बर ३ निबासी आमा बाबु बिहिन ४ बालकालिकालाई सहयोग गर्नु भएको छ । बालबालिकाका बुबा भुपाल सिंङतान र आमा चन्द्रमाया गोलेको स्वार्गारोहण भएकाले उनिहरुको परिवारमा हेरचाह गर्ने कोहि पनि नभएकाले पढाई र हेरचाहका लागी मानब कल्याण समाज काभ्रे शाखामा वडाले गत बैशाख ५ गते सिफारिस गरेको थियो । 
उक्त बालबालिकालाई समाजसेवी खाईवाले आर्थिक सहयोग गर्नु भएको हो । यसअघि पनि खाईबाले विभिन्न ब्यक्ति तथा संस्थालाई सहयोग गर्दे आउनु भएको छ ।आमा बाबु विहिन बालबालिकाहरुलाई मानब कल्याण समाज शाखा शंखुमा राखिएको छ ।