2026 April 25/ 06:12: 29am

    नमोबुद्ध/आगलागीबाट बर्सेनी हुने गरेको क्षति न्यूनिकरणका लागि अग्नि नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । 
    नमोबुद्ध नगरपालिकाको आयोजनामा भएको तालिममा नगरपालिकामा कार्यरत नगर प्रहरी तथा सवारीचालक १५ जना, नेपाली सेनाबाट १५ जना तथा जिल्ला वन कार्यालयबाट खटिएका अग्नि नियन्त्रक ५ जना गरी ३५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका बरिष्ठ अधिकृत अरुणकुमार आचार्य, जुद्ध वारुणयन्त्र भक्तपुर कार्यालय प्रमुख विजय धौभडेल र जुद्ध वारुण यन्त्रमा कार्यरत अग्नि नियन्त्रकहरुले प्रशिक्षण दिएका थिए । उनीहरुलाई सैद्धान्तिकका साथै व्यवहारिक प्रशिक्षण दिइएको थियो ।