बनेपा/राष्ट्रिय प्रजातन्त्र पार्टी बनेपा नगरले बनेपा नगरपालिकामा आगामी निर्वाचनका लागि नगर प्रमुखमा रेमण्ड कर्माचार्य र उप प्रमुखमा रुपा बिष्टलाई उम्मेदवार छनौट गरेको छ ।
त्यसैगरी वडाका १३ वटै वडामा समेत सर्वसम्मत उम्मेदवार छनौट गरिएको नगर अध्यक्ष अनन्त प्रसाद दाहाल(सिताराम)ले बताउनु भयो । नगरको वडा नम्बर १ मा वडा अध्यक्षका उम्मेदवार रमेश लामिछाने, २ मा गोपिप्रसाद घिमिरे ३ मा अर्जुन प्रसाद घिमिरे, ४ मा रमेश प्रसाद दाहाल, ५ मा हरीबोल थापा ६ मा राम केसी ७ मा रबि भक्त श्रेष्ठ ८ मा किरण मानन्धर ९ मा सुरज तामाङ १० मा किरण श्रेष्ठ ११ मा नबिन शर्मा १२ मा इच्छा राम थापा र १३ बाट नारायण बिष्ट रहनु भएको छ भने १४ मा बाकी रहको छ । पार्टीका केन्द्रिय सदस्य उदय सिं मुस्याजुको प्रमुख आतिथ्यतामा बसेको बैठकबाट उक्त उम्मेदवार छनौट गरिएको नगर अध्यक्ष दाहालले बताउनु भयो । दाहालले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने समेत निर्णय भएको बताउनु भयो । बैठकमा क्षेत्रिय अध्यक्ष भवनाथ दाहाल, छनौट समिति संयोजक अशोक थापा, दिनेश बजगाई नारायण घिमिरे लगायतको सहभागिता रहेको थियो ।









