पनौती/ईन्द्रेश्वर क्याम्पस पनौतीमा क्याम्पसमा अध्यनरत छात्र तथा छात्रा शिक्षकहरुको सुविधाका लागि क्यान्टिन सञ्चालन तयारी गरिएको छ । पनौती नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसको कम्पाउण्ड भित्र २५ लाख लागतमा क्यान्टिनको निर्मार्ण गरिएको क्याम्पस प्रमुख श्रीकुमार सुवालले बताउनु भयो । क्याम्पसमा लामो समय देखी सञ्चालक समिति गठन हुन सकेको थिएन । केहि महिना अगाडी मात्र तुयुकाजी ताम्राकारको अध्यक्षतामा नयाँ सञ्चालक गठन भएपछि सञ्चालक समितीको पहलमा उक्त क्यान्टिन भवनको निमार्ण गरी सञ्चालनमा ल्याउन लागिएको हो । २०५८ सालमा दक्षिण भेगमा स्थापित सामुदायिक क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गरिदै आएको क्याम्पस प्रमुख सुवालले बताउनु भयो ।









